राजनीति

सातदिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

अदालतको अपहेलना मुद्दा परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र आफै वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको छ ।

सामेबार बालेनविरूद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले सात दिनभित्र बालेन आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउन आदेश दिइएृको छ ।

आदेशमा भनिएको छ ‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु ।’

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर बालेनले बरु संविधान संशोधन गरेरै भए पनि नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेपछि अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हाल्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.