क्रिकेटखेल

ब्याटिङ नचल्दा झिनो लक्ष्य पनि भेट्टाउन सकेन नेपालले

बलरहरुले आफ्नो भूमिका शतप्रतिशत निर्वाह गरे पनि ब्याट्सम्यानहरु चल्न नसक्दा केन्याविरूद्धको चौथो टी २० मा नेपाल केन्यासंग ७ रनले पराजित भएको छ ।

नेपाल पराजित भएसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको छ । यसअघि पहिलो र तेस्रो टी २० मा नेपाल विजयी भएको थियो । केन्याले दोस्रो टी २० मा जित निकालेको थियो।

सोमबार घरेलु टिम केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र जोड्न सक्यो।

नेपालका ओपनरद्वय पवन सर्राफ शून्य र अर्जुन साउद ६ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल पनि ६ रनमै आउट भएपछि नेपाल सुरूमै संकटमा परेको थियो ।

नेपालले चौथो ओभर चल्दै गर्दा १३ रनमा सुरवाती तीन विकेट गुमाएको थियो । त्यसपछि दीपेन्द्रसिह ऐरी ६ रनमा आउट भए भने आरिफ शेखले २ रनभन्दा बढी जोड्न सकेनन् । सोमपाल कामी शून्यमा आउट हुँदा आदिल अन्सारीले १५ बल खेलेर ८ रन मात्र जोड्न सके ।

करण केसी १८औं ओभरमा तेस्रो बलमा आउट हुँदा नेपालले आठौं विकेट गुमाएको थियो । त्यतिबेला नेपाललाई १५ बलमा २६ रन चाहिएको थियो।

अन्तिम ओभरमा नेपाललाई १२ रन चाहिएको थियो । मैदानमा रोहित पौडेल र सन्दीप लामिछाने थिए । बलिङमा राखेप पटेल थिए । पहिलो बलमा रोहितले एक रन लिए ।

दोस्रो बलमा सन्दीपले पनि एक लिए । त्यसपछि दुई बलमा पनि एक एक रन भयो । पाँचौ बलमा रोहित ४७ रनमा बोल्ड भए । उनले ५५ बलमा २ चौका र २ छक्का हिर्काए ।

त्यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयो । केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे । शेम एनगोचेले १३ रन जोडे । बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। टी २० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले पाँच विकेट लिँदा ९ रन खर्चिए । दिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.