राजनीति

सिन्धुलीमा चन्द समूहका एक महिला कार्यकर्ता बमसहित पक्राउ

जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई दुई सकेटबम र एउटा सुतली बमसहित पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहनुभएका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाइ लायोगाउँसम्म पुर्याएको पाइएको उहाँले बताउनुभयो ।

चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको उहाँले जानकारी दिनुभयो । बिहान ९ः३० बजेको समयमा चन्द समूहका कार्यकर्ताले नियन्त्रणमा लिएकामा दिउँसो १ः०० बजे शिक्षक भण्डारी चन्द समूहका कार्यकर्ताबाट नियन्त्रणमुक्त हुनुभएको उहाँले जानकारी दिनुभयो ।

बिहानै नियन्त्रणमा लिएको भए पनि प्रहरीलाई बिहान ११ः०० बजे जानकारी आएको र प्रहरीले खोजी गर्दा लायोगाउँबाट शिक्षकलाई छुटाउन सफल भएको उहाँको भनाइ छ ।

स्थानीयवासी र प्रहरीले शिक्षक भण्डारीलाई खोज्न थालेको खबर चन्द समूहका कार्यकर्ताले थाहा पाएलगत्तै शिक्षक भण्डारीलाई तीनपाटन गाउँपालिकाको वडा नं ८ लायोगाउँमा छाडेर उनीहरु फरार भएको उहाँले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न महिला कार्यकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दैगर्दा चन्द समूहको अपहरणमा परेका शिक्षक भण्डारी पनि जिल्ला प्रहरी कार्यालयमा नै रहनुभएको छ । उहाँलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.