जन सरोकार

कहाँबाट फैलियो केन्द्रीय कारागार सुन्धारामा कोरोना, थप ३५ बन्दी संक्रमित

राजधानीको सुन्धारामा रहेको केन्द्रीय कारागारका थप ३५ जना बन्दीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । समाचार अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणपछि आइतबार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । यसअघि कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १ सय ७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा ३५ जनाको नतिजा पोजेटिभ आएको हो ।

आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा कारागारमा संक्रमण बढ्दै गएको बताउनुभएको थियो ।

कारागार व्यवस्थापन विभागका एक अधिकारीले पनि कारागारमा उपचार सम्भव नहुने रोगको उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलएको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.