जन सरोकार

आठ करोड मूल्यका कोकिनसहित तीनजना विदेशी पक्राउ

आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।

कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले आज जनाएको छ ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो ।

कोकिनको कारोबारका लागि सोही होटलमा आएका भारतीय नागरिक विजय सिंहलाई भदौ ८ गते कमलादीबाट तथा ताञ्जेनियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोेलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको ब्यूरोले बताएको छ । यसैगरी, लागुऔषध खैरो हेरोइनसहित सात जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.