क्रिकेटखेल

ज्ञानेन्द्रको अद्र्धशतकीय पारी, केन्यालाई नेपालले दियो विशाल लक्ष्य

नेपाल र केन्याबीचको ५ टी २० श्रृङ्खलाको अन्तिम खेलमा नेपालको ब्याटिङ चम्किएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अद्र्धशत प्रहार गरेका छन् ।

मल्लको अद्र्धशतकको मद्दतले नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाउँदै केन्यालाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि टीमका सबैभन्दा अनुभवी खेलाडी मल्लले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरी ५९ रन बनाए भने रोहित पौडेलले बिस्फोटक ब्याटिङ गर्दै २५ बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाए ।

नेपालका लागि ओपनर अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिं ऐरी २२ रन बनाए भने मोहम्मद आदील ४, विवेक यादव २ र पवन सर्राफ १ रनमा आउट भए । सोमपाल कामी शुन्य र करण केसी २ रनमा अविजित रहे ।

दुबै टोलीले २२ खेल जितेको ५ श्रृङ्खलाको अन्तिम खेल जितेर दुबैको उद्देश्य श्रृङ्खलामा कब्जा जमाउनु हुनेछ ।

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले तीन वषएपछि टी २० मा अद्र्धशतक बनाएका हुन् । यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् । सोही वर्षको जुलाइमा ज्ञानेन्द्रले टी–२० विश्वकप एसिया रिजन फाइनलमा मलेसियासँग ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.