राजनीति

महिलालाई एकतावद्ध भएर अघि बढ्ने प्रेरणाको पर्व तीज

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गर्नुभयो ।

समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

“समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पुर्याउन आवश्यक छ” ।

अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, “हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.