राजनीति

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुको पर्व हरितालिका तीजको दिन पशुपतिनाथको दर्शन र पूजा, आराधना गर्नुभएको छ ।

दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ। यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाएका छन्।

मंगलबार तीजको अवसरमा शुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो। महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ। हिजो (सोमबार) दर खाएपछि औपचारिक रुपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ।

आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.