जन सरोकार

दैनिक सात सयभन्दा बढी असहायलाई खुलामञ्चमा खाना खुवाउँदै स्वयंसेवीहरु

कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरेर जीवन बिताउनेहरु अहिले भोकभोकै परिरहेका छन् । यस्तोमा राजधानीको टुँडिखेलको खुलामञ्च अगाडि हालै बनाइएका अस्थायी बसर्पाकमा दैनिक अपरान्ह राजधानीका विभिन्न भागमा मजदुरी गरेर जीवन चलाएका असहाय र दीनदुःखीहरुका लागि त्यहाँ स्वयंसेवीले खाना खुवाईरहेका छन् ।

स्वयंसेवीहरुले नियमित रुपमा खाने खुवाउन थालेपछि सो स्थानमा अहिले दैनिक खाना खानेको भीड नै लाग्न थालेको छ । दैनिक खाने खुवाउने संस्थाका संस्थापक अङ्शु यादवले रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “विगतमा दुई, तीन सय आउँथे, अहिले बढेर छ, सात सय पुगेका छन् । “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उहाँले बताउनुभयो ।

यो समूहले पहिले पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा मोटरसाइकलमा खाना पुर्‍याएर मजदुरलाई वितरण गरे पनि अहिले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुलामञ्चमा मात्र खुवाउने गरेको छ ।

अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिनुभयो । ‘हाम्रो अभियानलाई साथ दिने र सडकमा रहेका मानिसलाई माया गर्नेहरुको सहयोगबाटै अहिलेसम्म हाम्रो अभियान चलिरहेको छ भने कतिपयले हाम्रो फेसबुकको पोस्ट देखेर, कसैले जन्मदिनको उपलक्ष्यमा र कतिपयले परिवारका सदस्यहरुको तिथिको दिन पारेर पनि सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.