विश्व समाचार

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडिदेखि सैनिक अस्पतालमा उपचार गराइरहेका मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् । मुखर्जीमा कोरोना संक्रमण समेत भएको थियो । उहाँको निधन कोरोनाकै कारण भएको हो कि अन्य कारणले भन्ने खुलाइएको छैन ।

उहाँ केही दिनदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउने गरेका थिए ।

उहाँका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिनुभएको छ ।

उहाँले ट्वीटमा लेख्नु भएको छ, “भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उहाँ भारतको १३ औँ राष्ट्रपति हुनुभएको थियो । उहाँको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहनुभएका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत हुनुभएको थियो ।

उहाँको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उहाँकी श्रीमती सुभ्रा मुखर्जीको भने उहाँ राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.