कला/मनोरन्जनकलिउडराजनीति

मोरङ क्षेत्र नम्बर ३ मा रेखाको उम्मेदवारी घोषणा

आउँदो मंसिरर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नाम चलेका युवा पुस्ताबाट उम्मेदवारी घोषणा हुने क्रममा चर्चित अभिनेत्री रेखा थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेता समेत रहनुभएकी थापालाई पार्टीको स्थानीय समितिले प्रतिनिधिसभा उम्मेदवारमा यसअघि नै उम्मेदवारमा सिफारिस गरेको थियो ।

मंगलबार थापाले मोरङ क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी घोषणा गर्नुभएको हो । मोरङमै रहेका राप्रपाका सहप्रवक्ता दिनेश शाहका अनुसार स्थानीय कार्यकर्ता र जनताले आग्रह गरेपछि थापाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

मोरङ क्षेत्र नम्बर ३ की स्थानीयसमेत रहनुभएकी थापाले जनता र कार्यकर्ताको आग्रहमा आफूले उम्मेदवारी घोषणा गरेको बताउँदै महिला नेताहरू प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ भन्ने विश्वासका साथ आफू निर्वाचन लड्न तयार भएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो “पार्टी समितिबाट सिफारिस आइसकेको थियो । स्थानीय कार्यकर्ता र जनताले नै उम्मेदवार बन्न आग्रह गरेकाले उम्मेदवारी घोषणा गरेकी हुँ । पार्टी नेतृत्वले पनि मलाई गरिएको सिफारिसअनुसार उम्मेदवार बनाउनेछ भन्ने विश्वास छ ।”

राप्रपा मोरङ क्षेत्र नम्बर ३ का स्थानीय नेता मोहन गौतमले पनि थापालाई क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.