जन सरोकार
तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु
मंगलबार राति तीजको अवसरमा नाचगान भइरहेको समयमा दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने १२ महिला घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।
उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्