राजनीति

नौ हजार वर्षदेखि हालसम्म नेपालका चार प्रमुख शासनकाल (भिडियो)

नेपाल भूगोलले धेरै मुलुकभन्दा सानो छ, जनसंख्याका हिसाबले पनि विश्वका अनेकौं मुलुकभन्दा थोरै छ, तर नेपाल त्यति धेरै सानो पनि छैन र नेपालको जनसंख्या कम पनि हैन ।

दुई विशाल मुलुकको बीचमा रहेकाले नेपाल सानो भनिए पनि यो मुलुकले विश्वका धेरै मुलुकहरुको एक्लै प्रतिनिधित्व गर्छ जैविक विविधताका सवालमा ।

नेपालको अस्तित्व वैदिककालसम्म जोडिएको तर अप्रमाणिक इतिहास भए पनि यहाँ मानव बस्तीको इतिहास करीब ९ हजार वर्षअघिदेखि भएको प्रमाणित इतिहास छ । नेपालको सबैभन्दा पुरानो शासनकाल किराँत काल मानिन्छ ।

काठमाडौं उपत्यकामा भेटिएका शिलालेखहरुबाट नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको पाइन्छ ।

यद्यपि किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन ।

हेर्नुहोस् योे भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.