राजनीति

आफूभन्दा पछाडिकालाई प्रधान न्यायाधीश बनाउन महाभियोग लगाइयो

महाभियोग लागेर निलम्बित हुनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूभन्दा पछाडिकालाई प्रधान न्यायाधीश बनाउन संविधान विपरत महाभियोग लगाइएको दावी गर्नुुभएको छ ।

बुधबार महाअभियोग सिफारिस समितिमा बयान दिंदै उहाँले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दावी गर्दै आफू संसदको सम्मानका लागि मात्र आएको पनि बताउनुभयो ।

बयानका क्रममा जबराले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको र यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना नगरेका कारण यो प्रस्ताव निष्क्रिय भइसकेको तर्क गर्नुभयो ।

प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै जबराले आफूविरुद्ध महाअभियोग प्रस्ताव दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको तर्क गर्नुृभयो ।

न्यायिक नेतृत्वमाथि सबैतिरबाट प्रश्न उठेको र जबराले नै त्यो ठाउँ दिएको भन्ने प्रश्नको उत्तरमा जबराले जवाफमा जबराले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिरबाट नभएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ तर संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरूबाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो यो मबाट भएको त होइन नि’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.