अर्थ

२४ घण्टाभित्र कर बुझाउन फन पार्कलाई निर्देशन

गैरकानुनी रुपमा निर्माण भएका संरचना भत्काउने अभियान चलाएको काठमाडौं महानगरपालिकाले अब लामो समयदेखि कर नबुझाएका व्यवसायीहरुमाथि दृष्टि पुर्याएको छ ।

यसै क्रममा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई २४ घण्टाभित्र कर तिर्न निर्देशन दिएको छ । साथै तोकिएको समयभित्र कर नबुझाए फन पार्क सिलबन्दी गरी असुल उपर गरिने जानकारी महानगरले दिएको छ ।

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

विभागका प्रमुख शिवराज अधिकारीले महानगरलाई तिर्न र बुझाउनुपर्ने कर नबुझाई वर्षौ व्यवसाय सञ्चालन गर्दै आएको पत्रमार्फत उल्लेख गर्नुभएको छ । उहाँले पटक–पटक ताकेता गर्दासमेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताउनुभयो ।

प्रमुख अधिकारीका अनुसार व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.