जन सरोकार

केन्द्रीय कारागारमा कोरोनाको उच्च जोखिम, एकजना बन्दीको मृत्यु

राजधानीको सुन्धारामा रहेको केन्द्रीय कारागारमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमितमध्ये एकजनाको बन्दीको मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भीर रोगको बिरामी रहेका उनको उनमा क्षयरोग मानसिक रोगको पाटन अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

१० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।

केन्द्रीय कारागारमा रहेकामध्ये हालसम्म ५७ जना बन्दीसहित सुरक्षाकर्मी गरेर १ सय ८ जनामा कोरोना संक्रमण भैसकेको छ । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवषिर् सापकोटाका अनुसार मुलुकभरका ७१ कारागारमध्ये ७ वटामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा बढी पर्सामा ३३, नेपालगञ्जमा ८, सिराहामा ७, सुनसरीको झुम्कामा ९, सिन्धुपाल्चोकमा २ र स्याङ्जामा १ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको छ । कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीतर्फ केन्द्रीय कारागारमा ५७, पर्सामा २३, स्याङ्जामा ३ र बाँकेमा १ जना संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.