जल/वातावरण

बढे काठमाडौंमा कोरोना संक्रमित, थपिए ३ सय ९३, देशभर १ हजार ६९- ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार काठमाडौं उपत्यकामा थपिएका ४ सय ८१ सहित देशभर १ हजार ६९ जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितका संख्या ४० हजार ५ सय २९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा गरिएको पिसीआर परीक्षणको नतिजा अनुसार काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना थपिएका भने बाँकी देशका विभिन्न जिल्लाका रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वपर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ ।

त्यसै गरी कुल डिस्चार्ज भएकाहरू २२ हजार १ सय ७८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३ सय ९० रहेका छन् ।

त्यसै गरी वितेको २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा गरी थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महोत्तरीको ४ वर्षीया बालिका रहेकी छन् भने अन्य सबै पुरुषहरु रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.