राजनीति

प्रधानमन्त्री ओली र बंगलादेशी प्रधानमन्त्रीबीच फोनवार्ता, युरिया मल आपूर्तिको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसीनाबीच मंगलबार दिउँसो टेलिफोन वार्ता भएको छ । सो वार्तामा दुई देशबीच रहेको बहुआयामिक सम्बन्धका बारेमा चर्चा हुनुका साथै आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

वार्तामा प्रधानमन्त्री ओलीले नेपालको कृषि उत्पादनका लागि युरिया मलको तत्काल आपूर्तिका लागि अनुरोध गरेको र समकक्षी हसीनाले त्यसलाई सकारात्मक रुपमा लिएको जानकारी दिइएको छ ।

वार्तामा दुई देशबीच व्यापार, ऊर्जा तथा कोरोना भाइरस संक्रमणसंग जुध्नका लागि साझा धारणा बनाएर आपसी सहयोग बढाउने आवश्यकतालाई जोड दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.