जल/वातावरण

वीर अस्पतालका ७१ जना डाक्टर र नर्समा कोरोना संक्रमण : सेवा बन्द

कोरोना संक्रमणले आक्रान्त काठमाडौंको वीर अस्पतालमा कार्यरत डाक्टर-नर्स सहित ७१ जनामा कोरोना संक्रमण भएको छ । नेपालकै सबैभन्दा पुरानो सो अस्पतालका डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार ओपिडी, वार्ड, आइसोलेसन सबै ठाउँमा संक्रमण देखिएकाले दुई दिनमा आकस्मिक सेवा मात्र सञ्चालन गरेर कन्ट्याक्ट ट्रेसिङ गरिनेछ ।

कुल ७१ जना संक्रमितहरूमा चिकित्सक, नर्स, ल्याब प्राविधिक, सरसफाइका कर्मचारी र चालक रहेको र संक्रमितहरू कतिपय होम आइसोलेसनमा रहेको र बाँकी भने होटलमा पनि राखिएको छ ।

काठमाडौं उपत्यकामा दुई सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा आज ४८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएमाकाठमाडौंमा ३ सय ९३ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.