जापान

कोभिड–१९ का कारण संसद् विघटन हुँदैन : प्रधानमन्त्री सुगा

जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नागरिक तथा विपक्षी दलले संसद विघटन हुनसक्ने आँकलन गरिरहेका छन् ।

संक्रमण बढ्दे गएपछि यसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गरिरहेका छन् ।

यसबीचमा प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए ।

दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट गर्नुभएको हो । उहाँले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.