राजनीति

जबराको प्रश्न- महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ?

आफूमाथि लागेका आरोपहरुको जवाफ दिन दोस्रो दिन बिहिबार महाभियोग सिफारिस समिति पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै महाभियोग समितिमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्नुभएको छ ।

बुधबार गठबन्धन, न्यायाधीशहरु र बारप्रति आगो ओकल्नुभएका जबरा समितिमा प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको खण्डन गर्दै समितिमाथि नै प्रश्न उठाउनुभएको हो ।

उहाँले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरेपछि जबराले आफूमाथि लागको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ कसैलाई आरोप लगाएको होइन । महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन ?

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको दाबी आज पनि गर्नुभयो ।

बुधबारदेखि सुरू भएको जवाफ लिने क्रममा बुधबार २ वटा र आज २ वटा प्रश्न सोधिएको छ । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ । अझै ३९ वटा प्रश्नहरु बाँकी छन् ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.