जापान

राजदूत डा. सुवेदी र जापानी मन्त्रीबीच भेटवार्ता

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बुधबार जापानका विदेश मामिला उपमन्त्री ताकाजी केईसंग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा राजदूत डा. सुवेदीले द्विपक्षीय व्यापार, लगानी, रोजगारी र पर्यटन प्रबद्र्धन आफ्नो उच्च प्राथमिकताको विषय रहेको बताउँदै विपद व्यवस्थापन तथा फोहर व्यवस्थापनका क्षेत्रमा जापानी सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

उहाँले जापानमा करीब १ लाख नेपाली रहेको जानकारी दिंदै दुई देशबीचको जनस्तरको सम्बन्ध अरु घनिष्ठ बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

त्यसै गरी राजदूत डा. सुवेदीले द्विपक्षीय उच्चस्तरको भ्रमणको आदान–प्रदानको आवश्यकतामाथि जोड दिंदै मन्त्री केईलाई नेपाल भ्रमणका लागि अनुरोध समेत गर्नुभएको छ ।

भेटमा जापानी मन्त्री केईले एक अनुभवी र वरिष्ठ कुटनीतिज्ञलाई जापानमा राजदूतका रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

उहाँले नेपाल र जापानबीच भनिष्ठ मित्रता कायम रहेको बताउँदै विकासोन्मूख मुलुकका रुपमा रहेको नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागिथ जापान सरकारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.