जल/वातावरण

स्थानीयस्तरमा लकडाउन गरे खोपबिना पनि कोरोनासंग लड्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएओ)ले कोरोनाबिद्ध विजय पाउनका लागि खोपभन्दा लकडाउन आवश्यक रहेको र यदि त्यसो गरिएमा संक्रमणबाट बचाउन सकिने भन्दै विवादास्पद अभिव्यक्ति दिएको छ । विशेष गरी यूरोपका सम्बन्धमा डब्लुएचओ युरोप निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँगको कुराकानीमा युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने बताएका हुन् ।

उनले युरोपमा राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताउँदै स्थानीय तहमा लकडाउन गरे नियन्त्रण हुने र खोप आवश्यक नपर्ने बताउँदै हामीले महामारीविरूद्ध विजय हासिल गर्न खोपबाट नै सम्भव हुनुपर्छ भने जरूरी नभएको तकए गरे ।

उनका अनुसार खोपको कुरा तब मात्र गर्न सकिन्छ जब महामारीसँग रहन सिक्छौ र यो हामी भोलिबाट नै गर्नसक्छौं भन्दै आगामी महिनामा आउनसक्ने संक्रमणको दोश्रो लहरबाट बच्न ठूलो स्तरमा लकडाउन आवश्यक नपर्ने तर स्थानीय स्तरमा लाग्नसक्ने लकडाउनलाई भने खारेज गर्न नसकिने बताए ।

कोरोना नियन्त्रणका सम्बन्धमा सो संगठनबाट आउने बेलाबेलाको अभिव्यक्तिले विश्वका विभिन्न मुलुकमा आक्रोश उत्पन्न गरिरहेको छ । कतिपय मुलुकमा नो माक्स, नो पिसीआर भन्दै प्रदर्शन भएका छन् भने कतिपय मुलुकमा संगठनका अधिकारीहरुलाई देश निकाला गरिएको छ ।

कोरोनाका सम्बन्धमा अहिलेसम्म वास्तविक कुरा बाहिर आउन नसकिरहेका बेला डब्लुएचओदेखि जनस्वास्थ्यविद तथा वैज्ञानिकहरुबाट आउने थरिथरिका तर्कहरुले निकै ठूलो भ्रम सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.