जन सरोकार

कोरोना संक्रमितको संख्या ४१ हजार बढी, बुधबारसम्म मृत्यु हुनेको संख्या २ सय ५१

पछिल्लो २४ घण्टामा ११ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ३ सय २० महिला र ८ सय पुरुष रहेको र यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

यसै गरी काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको सार्वजनिक विवरण अनुउार वितेका २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ५१ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.