क्रिकेटखेल

२ सय १९ रनको लक्ष्य पछ्याउँदै नेपाल, आशिफ र अर्जुनको अद्र्धशतक

नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेल जारी छ । खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ ।

विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुवाती ब्याट्सम्याद आशिफ शेख र अर्जुन साउदले १४१ रनको शतकीय साझेदारी गरेका छन् । दुबैले अद्र्धशतक पूरा गरेका छन् ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको हो ।

केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १-१ विकेट हात पारे ।

नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.