क्रिकेटखेल

आसिफको शतकीय पारीसंगै केन्यामाथि नेपालको सात विकेटको जित

केन्या भ्रमणमा रहेको नेपाल पहिलो वान-डेमा सात विकेटले विजयी भएको छ । केन्याको नैरोबीमा शुक्रबार भएको खेलमा सुरुवाती ब्याट्सम्यान आसिफले १ सय १० रन र अर्जुन साउदले ६१ रन बनाए ।

केन्याले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेटको क्षतिमा १६ बल बाँकी हुँदै पूरा गरेको हो । पहिलो विकेटका लागि आसिफले अर्जुन साउदसँग मिलेर १ सय ४१ रनको साझेदारी गरेका थिए । साउद ३२ औं ओभरमा ६१ रन बनाउँदै आउट भए ।

त्यसै गरी ज्ञानेद्र मल्ल २४ रन बनाएर आउट भए । निर्धारित ५० ओभरको खेलमा १६ बल बाँकी हुँदै नेपालले २२१ रन बनाएर खेल जितेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट १५ र रोहित पौडेलले नटआउट ३ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४९ ओभरको पहिलो बल अलआउट हुँदै २ सय १८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करन केसीले ३/३ विकेट लिएका थिए ।

त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १/१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए । केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरेका थिए ।

त्यसै गरी रन आउट हुनुअघि कोलिन ओबुयाले ६३ रन बनाएका थिए । पटेलल र ओबुयाले पाँचौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । त्यसैगरी सचिन बुदिया पनि २६ रनमा आउट भए ।

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तीन वटा एकदिवसीय खेल खेल्नेछ । यसअघि पाँच श्रृंखलाको टि-२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३(२ ले जितेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.