जन सरोकार

पसलहरु ९ बजेको साटो ११ बजेसम्म, होटल तथा रेस्टुराँमा टेक–अवे र होम डेलिभरीको सेवा खुला

काठमाडौं उपत्यकाका तीन जिल्लामा ततेस्रोपटक निषेधाज्ञा जारी गर्दा केही क्षेत्रमा खुकुलो गरिएको छ । यसपटक अत्यावश्यक सेवा अन्तर्गत पर्ने क्षेत्रहरुलाई विहान ९ बजेसम्मको साटो ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ भने होटल तथा रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने छ ।

भदौ १७ गते मध्यरातिदेखि २४ गतेसम्म एक साताका लागि थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ । बुधबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

काठमाडौंका प्रजिअ जनकराज दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको भए पनि मानिसको आउजाउमा भने कडाई गरिने जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्तै अब बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न पनि दिइने छ । यसअघि त्यस्ता सेवाहरु बिहान ९ बजेर १५ मिनेटसम्म मात्रै संचालन गर्न पाइन्थ्यो ।

यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधनलाई उपत्यकामा प्रवेश गर्न दिइने छ । निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । शिक्षा मन्तालायको प्रोटोकलअनुसार अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ ।

विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।

CDO Aades 2077.05.17

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.