जन सरोकार

नदीले बस्ती नै बगायो : १९ जना वेपत्ता, उद्धार टोली पुग्न समस्या

बाढीले बगाएकाे ढाेरपाटकाे बस्ती: तस्बिर साैजन्य जितबहादुर घर्ती

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलामा आएको बाढीले किनारमा रहेको बस्ती बगाएको छ भने विद्युत आयोजनाको पावर हाउस समेत बगाएको छ । प्रहरी घटना स्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापधेंराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना वेपत्ता भएका छन । त्यसै गरी पहिरोले तटीय क्षेत्रका करिव दुई दर्जन घर पूर्ण क्षति गरेको छ ।

समाचार अनुसार बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउस बगाएको छ तर सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पुरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाई छ ।

बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभुत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ । पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्ण रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रा माफर्त घटना स्थलतर्फ हिडेको छ । घटना स्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाई छ । ढोरपाटन नगरपालिका–३ भर्नेबगर खोला किनारमा करिव ३२ बर्षिय पुरुषको पहिचान नखुलेको शव फेला परेको छ ।

ढोरपाटन–सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताउनुभयो ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.