राजनीति

उपत्यकाका नगरपालिकाहरु भन्छन्- कफ्र्यू नै लगाउनपर्नेमा निषेधाज्ञाकै स्वरुप परिवर्तन

राजधानी उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले जारी निषेधाज्ञालाई केही खुकुलो पारेपछि काठमाडौँ उपत्यकाका नगरपालिकाहरुले असन्तुष्टि जनाएका छन् । बिहिबार उपत्यका मेयर फोरमले विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो ।

फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । बुधबार बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धित काम गर्ने व्यवसायीलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्था गरेको छ । यसले निषेधाज्ञाको अर्थ नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नुपर्ने फोरमको माग छ ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सचिव एवं मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न विषयलाई कायम राख्दै अन्य समयमा पसल/व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।” तेस्रोपटक हिजो १७ गते थपिएको आदेश २४ गते राति १२ बजेसम्मका लागि हो ।

विषम परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएको अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.