जन सरोकार

ललितपुरका सडकमा उत्रिए जनता, प्रहरीले गर्यो अश्रुग्यास (फोटोहरु सहित)

कोरोना महामारीका कारण विश्वयापी रुपमा उत्पन्न विषम परिस्थितिले अर्थतन्त्रदेखि, धार्मिक, सांस्कृतिक सबै गतिविधि ठप्प भैरहेको छ । यस्तोमा राजधानी काठमाडौं उपत्यकाको पौराणिक पर्व रातो मत्स्येन्द्रनाथको रथ जात्रा स्थगित भएपछि बिहिबार जात्रा गर्न गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिए ।

केही युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तान्न थालेछि पुल्चोकमा प्रहरी र स्थानीय युवाहरुबीच झडप समेत भयो । युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ ।

पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको छ । रथयात्रा गर्नुपर्ने भन्दै पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका थिए भने प्रहरीले रोकेको थियो ।






प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.