जल/वातावरण

काठमाडौंमा मात्रै थपिए ३ सय ५७ संक्रमित, देशभर १ हजार २ सय २५ जना

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यका जिल्लामा ३ सय ५७ सहित देशभर १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ आटी पीसीआर परीक्षण भएको थियो ।

थपिएकामध्ये काठमाडौं उपत्यकामा ४ सय ४५ रहेको र यीमध्ये काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना छन् । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका संक्रमितसंगै हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको छ ।

यसै गरी हालसम्म सकृय सङ्क्रमितहरू १८ हजार ४ सय १३ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ६ सय ७१ रहेका छन् । होम आइसोलेसनमा सातहजार ७ सय ४२ रहेका छन् । पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ ।

कुल डिस्चार्ज भएकाहरू २४ हजार २ सय ७ पुगेको छ । विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७ सय ४९ रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.