जन सरोकार

मोरङमा एकैरात दुईजनामाथि सामूहिक बलात्कार

बिहिबार राति मोरङमा दुईजनामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको विराटनगर महानगरपालिकामा १८ वर्षीया युवतीमाथि र जहदा गाउँपालिकामा ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरमा १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।

केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक भने उम्किएर भागेका थिए भने किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

सो समूहबाट भागेका युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिएर करणी गर्नेहरू भागेको डीएसपी श्रेष्ठले बबताए ।

कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसै गरी मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.