जन सरोकार

संस्कृति बचाउनेहरुले देखाएको क्रुरता : झण्डै ज्यान लिएनन् प्रहरी जवानको

बिहिबार ललितपुरको पुल्चोक एकाएक रणमैदान बन्न पुग्यो । सांस्कृति मास्न पाइँदैन भन्दै युवाहरु पुल्चोकमा मत्येन्द्रनाथको रथ तान्न पुगेपछि प्रहरीसंग झडप भयो । रथयात्राका लागि न सरकारले कुनै पहल गर्यो, न ललितपुरका स्थानीय निकायले । युवाहरु एकाएक सडकमा आएपछि स्थितिले उग्ररुप लियो ।

यस्तै उग्रताको शिकार भए एक ट्राफिक प्रहरी जवान, आफ्नो डिउटीमा रहेका उनलाई प्रहरीले मोटरसाइकबाट लडाएर निर्घात कुटपिट गरे । उनको अहिले जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भैरहको छ । रथ तान्न नदिन प्रहरीले बल प्रयोग गर्यो, त्यहाँ स्थानीय र प्रहरीबचि ढुंगा हानाहान भयो, प्रहरीले पानीको फोहरा र अश्रुग्याँस हान्यो ।

सायद जात्रा मनाउन आउनेहरु प्रहरीसंग भिडन्तको तयारमै आएका थिए । उनीहरु साथमा गुलेली र डण्डा समेत बोकेर प्रहरीमाथि जाइलागेका थिए ।

स्थिति झन तनावपूर्ण बन्दै जाँदा आक्रोशित भीडको शिकार भए एक प्रहरी जवान । ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार नटोल डाइभर्सनमा थिए । यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो ।

सवारी साधनहरूलाई ‘डाइभर्ट’ गर्दै ड्युटी गरिरहेका थिए । उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए । मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भीडभाड बढिरहेको थियो । उनी सवारीसाधन पास गराएरै बसिरहे । तर, अचानक अगाडिबाट ठूलो भिड आयो । थेग्नै नसकिने खालको । त्यो भिडमा भाग्नुको विकल्प थिएन ।

असई घलानले एक दुई मुक्का खाएर भागिसकेछन् । उनले त्यो देखेनन् । मोटरसाइकल स्टार्ट के गरेका थिए ८-१० जना भएर लडाएर कुट्न थाले । उनी चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल त्यही पल्टियो । मोटरसाइकलको अवस्था के छ थाहा छैन ।

धन्न उनले टाउकोमा लगाएको हेल्मेट फुत्केन । ती ८-१० जना कसैले इँट्टाले हेल्मेटमाथि, कसैले जीउमा मुक्का, लात्ती प्रहार गरेका थिए । कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे। त्यही जोगाउने समूहको मद्दतका कारण अप्रिय घटना हुन पाएन ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बेला रातो मच्छिन्द्रनाथको रथयात्रा प्रभावित भएपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । यो घटना हुँदा अन्य सुरक्षाकर्मी कोही नभएकाले गर्दा घिमिरे भीडमा फसेका थिए ।

त्यो भीड सरकार र प्रहरीसँग आक्रोशित थियो । सधैं प्रहरीले भीडमा सर्वसाधारण कुटपिट गरेको खबर आइरहँदा बिहीबार भने ठिक विपरीत भइरहेको थियो । उनको जीउमा साधारण चोटपटक छ । टाउको भने अत्यधिक दुखेको महशुस भएको उनले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.