जन सरोकार

कफ्र्यू लगाएर मच्छिन्द्रनाथको क्षमापूजा : २१ गते रथयात्रा, २६ गते बुङमती पुर्याइने तालिका

बिहिबार निषेधाज्ञा तोड्दै केही युवाहरुले जवर्जस्ती रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि भएको झडपले उग्ररुप लिएको ललितपुरमा प्रशासनले स्थिति अरु विग्रन नदिन कफ्र्यू लगाएको छ भने महामारीका बेला रथयात्रालाई कसरी सम्पन्न गर्ने भन्ने निर्णय समेत गरिएको छ ।

कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ । त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ ।

सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ । त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ।

बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ । यसअनुसार आज (भदौ १९) गते शुक्रबार क्षमापूजा गरिनेछ । यसको निम्ति ललितपुर महानगरको रिङरोडभित्र पर्ने क्षेत्रमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।

यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ । मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन । त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन । जबकि, दसैंका लागि बुङमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.