जनताको सेवा गर्छु भन्दा पनि अबरोध- डा. गोविन्दलाई औषधि किन्न समेत प्रतिबन्ध

समाजसेवी चिकित्सक प्रा.डा. गोविन्द केसी त्रिवि चिकित्साशास्त्र अध्ययन संथान र शिक्षण अस्पतालबाट अवकाश पाएपछि मुलुकका दुर्गम गाउँहरुमा स्वास्थ्य सेवा दिन सक्रिय भैरहँदा सरकार उहाँसंग यति त्रस्त छ कि स्वास्थ्यचौकीमा सेवा गर्न त रोक्यो रोक्यो अब औषधि किन्न समेत प्रतिबन्ध लगाएको छ ।
समाचार अनुसार जुम्लामा सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जाने तयारीमा रहनुभएका डा. केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीर्म पस्न नदिएर अवरोध गरेका छन् ।
डा केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको बताउँदै कोरोना संकटको कारण सबैको आग्रहमा सत्याग्रह रोकेपछि सिँजा, पातारासी क्षेत्रमा जाने योजना रहेको र बिरामीका लागि औषधि एिर जान खोज्दा फार्मेसीभित्रै छिर्न नदिएको बताउनुभयो ।
करिब २ महिनादेखि कर्णालीमा रहनुभएका डा केसीलाई स्थानीय तह र स्थानीय प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमा माथीको आदेश भन्दै अवरोध गर्दै आएका छन् ।