विग्रेका भेन्टिलेटर मर्मत गर्यो आविष्कार केन्द्रले- बचायो करोडौं रुपियाँ
मुलुकमा कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामी भएकाहरुका लागि भेन्टिलेटरको अभाव भैरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले शहीद गंगालाल अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी सुचारु गरेको छ ।
नयाँ भेन्टिलेटर किन्न करोडौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थामा केन्द्रले मर्मत गरेर राष्ट्रको झण्डै एक करोड रुपैयाँ बचाएको मात्र छैन कि देशभित्रै यस्तो काम सम्भव छ भन्ने पुष्टि पनि गरिदिएको छ ।
विग्रेर थन्केका भेन्टिलेटर ममत गरेपछि केन्द्रका अध्यक्ष महावीर पुनले फेसबुकमा स्टाटस लेख्दै सबैले सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सके सम्म मर्मत गर्न अनुरोध गर्नुभएको छ ।
स्मरणीय के छ भने विग्रेका ती भेन्टिलेटरहरु मर्मतका लागि चाहिने आवश्यक उपकरण पनि गंगालाल अस्पतालमै रहेकोा जानकारी समेत दिनुभएको छ । विग्रेका ७ वटा भेन्टिलेटर मर्मतका लागि ६ जनाले ४ दिन लगाउनु बाहेक एक पैसा खर्च भएन ।
पुनका अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैयाँसम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्ने मात्र हैन कि अलिकति मर्मत सम्भार गरियो भने हुनेरहेछ भन्दै यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन भने किन नबनाउने भन्दै प्रश्न समेत गर्नुभएको छ ।
उहाँले बिग्रेका भेन्टिलेटर मर्मचका लागि राष्ट्रिय आविष्कार केन्द्रले सकेसम्म मद्दत गर्न तयार रहेको भन्दै सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।