जापान

जापानबासी नेपालीहरुको स्वास्थ्य तथा जीवन बीमा गर्न ऐतिहासिक सम्झौता (फोटोहरुसहित)

जापानबासी नेपालीहरुका लागि जीवन बीमाको सुनौलो अवसर गैरआवासीय नेपाली संघ एनआरएनए जापान र मिराई लाइफले जुराइदिएको छ । शुक्रबार एक समारोहबीच एनआरएनए जापानले बीमा सेवा प्रदान गर्ने कम्पनी मिराई लाइफसंग कार्यक्रम सम्झौता भएको छ ।

टोकियो गोतान्दामा आयोजित एक कार्यक्रमकाबीच नेपाली राजदूतावासका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यमा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी तथा मिराई लाइफका कमल अधिकारीबीच सम्झौता हस्ताक्षर भएको हो ।

अनलाइन एप्लिकेसन फर्म भर्नुहोस् :https://mirailifecare.com/signup

कार्यक्रमलाई सम्बोधन गर्दै उपनियोग प्रमुख जोशीले बीमा कार्यक्रमले जापानवासी नेपालीहरुको स्वास्थ्य समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जापानमा नेपालीहरुको बढदो संख्यासंगै मृत्युदर तथा लामो समय अस्पताल बसेर उपचार गर्ने बिरामीहरुको चाप पनि बढेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

यस्तै हस्ताक्षर पश्चात आफनो धारणा राख्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले रोजगारीका शिलशिलामा जापानमा रहँदा कुनै पनि नेपाली स्वास्थ्य उपचारका लागि नेपाल जानुपर्ने तथा कसैको मृत्यु भएमा शवलाई नेपालसम्म पुर्याउन चन्दा तथा राहत संकलन नभई व्यक्ति स्वयंले बीमा गर्दा सहज हुने भएकाले सवैमा बीमा गर्न आग्रह गर्नुभयो ।

सामान्य मोवाइल प्रयोगकर्ताले समेत मोवाईलको बीमा गर्ने जापानमा चलन रहेको उदाहरण दिदै अध्यक्ष भण्डारीले स्वास्थ्य बीमाले आफनो मात्र नभई परिवारकै जीवनमा सहयोग गर्ने बताउनु भयो ।

जापानमा रहदाँ भैपरि आउँदा जस्तासुकै अवस्थामा पनि साथ दिंदै आएको स्मरण गराउँदै उहाँले मर्दापर्दा अहिलेको समयमा राहत संकलन गर्ने परिपाटीलाई परिवर्तन गर्न बीमा नै सर्वोत्कृष्ट उपाय भएको र यसैका लागि एनआरएनए जापानले नेपाली समुदायमा स्वयम व्यक्तिले आफनो जीवन सुरक्षित गर्न स्वास्थ्य बीमा अनिवार्य गर्न मिराई लाईफ कम्पनीसंग सम्झौता गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालीहरुको बीमाका लागि यसअघि पटकपटक विभिन्न बीमा कम्पनीहरूसंग छलफल भए पनि प्रक्रिया अघि नबढेको र यसपटक ऐतिहासिक सम्झौता भएको जानकारी गराउनु भयो ।

समारोहमा मिराई लाइफका तर्फबाट कमल अधिकारीले जापानको बीमा कार्यक्रम नेपाली भाषामा सरल रुपमा सम्पूर्ण परामर्श दिने जानकारी दिनुभयो । जुनसुकै भिषामा जापानमा रहेका हरेक नेपालीलाई सहज पर्ने प्याकेज रहेको स्वास्थ्य बीमा कार्यक्रममा पेपर तथा अनलाईनबाट सिधै आवेदन लिन सकिने अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले जापानमा बसोवास गर्ने नेपालीहरूको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर लामो समयको प्रयासपछि कार्यक्रम सुरू गरिएको जानकारी दिनुभयो ।

समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए मानार्थ सदस्य तथा जापानका सल्लाहकार कपीलदेव थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मिराई लाईफ ईन्स्योरेन्स कम्पनीका सल्लाहकार आकियोसी सावायाले मन्तव्य राख्नु भएको थियो ।

तामाङ समाज जापानका अध्यक्ष रूविना तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कँडेल, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, कास्की पोखरा समाजका अध्यक्ष विकास श्रेष्ठ, चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष बुद्धी गौचन, तमु धिं जापानका अध्यक्ष सौगात गुरूङ, उपाध्यक्ष सोममाया गुरूङ, बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपाल,  बाग्लुङ समाज जापानका अध्यक्ष तथा एनआरएनए जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ लखा समाजका उपाध्यक्ष गीरबहादुर तामाङ, स्याङजा समाज जापानका अरमान गुरूङ, जापानी स्वास्थ्य बीमा कम्पनी ल्यासिकका अध्यक्ष साईतो मासाहिको, ल्यासिक बीमाका ईसिदा योसियुकि, एनआरएनए जापानका सचिव टिकाराम खरेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रम एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले संचालन गर्नुभएको थियो।

कार्यक्रमको प्रत्यक्ष प्रशारण मातृसंदेश डटकम तथा नेपाल जापान डटकमले गरेका थिए।











 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.