राजनीति

डा.खतिवडालाई सरकार बाहिरै बसेर सघाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर मन्त्रिपरिषद् सदस्यबाट बाहिरिने तयारीमा रहनुभएका अर्थ तथा सूचना एवं संचार प्रविधि मन्त्री डा. युवराज खतिवडालाई सरकार बाहिर बसेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवाडको विज्ञताको आवश्यकता सरकारलाई रहेको बताउँदै साढे २ वर्ष सरकारमा रहेर सहयोग गरेकोमा खतिवडालाई धन्यवाद दिँदै अबका दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ‘तपाईंको आवश्यकता अझै पर्छ । आजसम्म क्याबिनेटमा बसेर काम गर्नुभयो । अब बाहिर बसेर पनि सल्लाह आवश्यक पर्छ । अहिलेसम्मको कामको लागि धन्यवाद ।’ तर, डा. खतिवडाले त्यसको कुनै जवाफ दिनुभएन ।

तर बैठकमा आगामी दिनमा मुलुकको अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेबारे प्रस्तुति भने दिनुभएको थियो । त्यस क्रममा उहाँले अहिले अर्थतन्त्र सही ठाउँमा भएको बताएको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.