राजनीति

विश्वका बौद्ध समुदायमाझ नेपालको प्रचार गर्न अत्यावश्यक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताउनुभएको छ ।

धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन बा¥है महिना घुम्न सकिने सांस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिनुभयो ।

समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रुपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गर्नुभएका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य स्याङ्जाका ललित बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका महासचिव सागरमान बज्राचार्यले संस्थाले १३ औँ राष्ट्रिय सम्मेलन यसै वर्ष आयोजना गर्ने तयारी गरिरहेको जानकारी साधारणसभालाई दिनुभएको थियो । धर्मोदय सभाको ५६ जिल्लामा शाखाहरु रहेका छन् ।

यज्ञमान पति बज्राचार्यको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि आजैदेखि समाप्त भएकाले यसै साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्नेछ । उपाध्यक्ष ७, सचिव १ र सह–कोषाध्यक्ष १ पदका लागि भोलि आइतबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपस्थित बुद्ध विहारमा मतदान हुने जानकारी महासचिव बज्राचार्यले दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.