राजनीति

राप्रपा महामन्त्री शाही दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिश

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीमा कुन्ती कुमारी शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका जिल्लाबाट निर्विरोध सिफारिस गरेको छ ।

राप्रपामा स्थापना कालदेखि पार्टीमा बिभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहनुभएकी शाहीले दुईपटक राज्यमन्त्रीको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।

नेपालको राष्ट्रिय राजनितिमा यूवा नेतृको रुपमा उदाउँदै गर्दा शाही जिल्लाबासीका लागि पार्टीभन्दा माथी रहेर पदमा रहँदा वा नरहँदा निष्पक्ष रुपमा बिकास निर्माणमा योगदान दिदै आउनु भएको छ ।

जिल्लाबासीका बिभिन्न काममा अनवरत रुपमा लागीपरेकी शाही जिल्लाबासीका काम बिकास निर्माण लगायत काममा निष्पक्ष काम गर्दै आउनु भएको नेतामा पर्नुहुन्छ ।

दैलेखमा यूवाहरुमाझ लोकप्रिय नेतृ शाहीले आफ्नो कार्यकालमा दैलेखका बिभिन्न भागमा बिकास निर्माणका कार्य समेत अगाडी बढाएकोले पनि यो पटक ठुला दललाई कठा चुनौती दिने पक्का छ ।

यतिबेला दैलेखी यूवाहरु पार्टीभन्दा माथी उठेर बिभिन्न समूह बनाएर शाहीको समर्थनमा लागिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.