राजनीति

लिङ्देनद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि समेत वर्तमान संसद कायम राख्ने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले  त्यो निर्णय अनैतिक भएको भन्दै सांसदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले सरकारको निर्णयले एक सांसदका हैसियतमा आफूलाई लज्जित तुल्याएको भन्दै राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो । त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।”

लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताउँदै “अबबाट यहाँ उपस्थित हुने छैन । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु” भन्नुभयो ।

संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको बताउँदै लिङ्देनले पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.