जन सरोकार

नक्कली नोट बनाउने कागजको बण्डलसहित पक्राउ

सर्लाहीमा नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोट जिल्लाको ककनी ५ स्थायी बसोबास भएका ३२ वर्षीय हिरामान लामा पक्राउ परेका छन् ।

हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका २६ बस्ने लामालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित पक्राउ गरिएको हो ।

लामालाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो । उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो ।

उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.