अर्थ

चार वर्षदेखि कर नतिरेका क्यासिनोहरुलाई सातदिने अल्टिमेटम

अवैध संरचना हटाउने अभियानसंगै कर असुुलीको कार्य सुरुवजात गरेको काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रका सातवटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न पत्राचार गरेको छ ।

महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई आइतबार एक पत्र पठाउँदै कर तिर्न निर्देशन दिएको हो

कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ । वागमती प्रदेशको आर्थिक ऐन अनुसार क्यासिनो प्रवेशको उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।

महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीका अनुसार सबै क्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.