जल/वातावरण

बिहिबार पुल्चोकमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण

बिहिबार ललितपुरको पुल्चोकमा मच्छेन्द्रनाथका रथ तान्ने क्रममा भएको झडपका बेला खटिएका महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।

उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन । उहाँका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन् । । उहाँले भन्नुभयो ‘५५ ५६ जनाको पिसिआर टेष्ट गराएका थियौं । त्यसमा अहिलेसम्म १८ जनाको आएको हो । अरूको रिपोर्ट आउने क्रममा छ’ ।

त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ भने ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५(१५ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.