सूचना/प्रविधि

रसियाले बनाएको कोरोना खोप परीक्षणमा सहभागी सबैको एन्टीबडी विकास गर्न सफल

विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसबिरुद्धको औषधि बनाउन विभिन्न देशहरु लागिपरेका बेला केही साताअघि रसियाले सार्वजनिक गरेको खोप परीक्षणमा अहिलेसम्मको सबैभन्दा सफल देखिएको छ । रसियामा प्रयोगमै आइरहेको भनिएको यो खोपले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको बताइएको छ ।

अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले संशय व्यक्त गर्दै आइरहेको कोभिड १९ खोप (स्पुतनिक ५)ले परीक्षणमा सहभागीहरुको एन्टीबडी विकसित गर्न सफल भएको नतिजा शुक्रबार विश्व चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले निर्माण गरेको प्रकाशित गरेको छ ।

दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ ।

यसै वर्षको जुन र जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो । पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण सुरू गरिसकेको छ ।

रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो । यो खोप दुई मात्राको रहेको छ । रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो । खोपको पछिल्लो परीक्षण सफल भएपछि मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ ।

४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको लानसेन्टले भनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.