जापान

बागलुङका केसीको टोकियोमा उपचारका क्रममा मृत्यु

बागलुङ जिल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ का ४६ वर्षीय भीमबहादुर केसीको सेप्टेम्वर ४ तारिक शनिवार बिहान जापानमा उपचारका क्रममा निधन भएको छ ।

टोकियोस्थित निप्पोरीमा बस्दै आउनुभएका केसी केही समयदेखि सुगर, प्रेसरको बिरामी रहेका कारणले पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचारत हुनुहुन्थ्यो।

आठ वर्ष देखि जापानमा दक्ष कामदार (कुक) भिषामा रहँदै आउनुभएका केसी केही समय अघिदेखि बिरामी भई नियमित उपचारका क्रममा रहनु भएको थियो ।

परिवारसंगै बस्दै आउनुभएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्दा आर्थिक अवस्थामा समेत कमजोर बन्दै गएको परिवार स्रोतले जानकारी गराएको छ ।

केसीको सोमबार दिउसो १ बजेबाट माचियामा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.