साहित्य

विकल साहित्य प्रतिष्ठानमा बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण

मुर्धन्य साहित्यकार स्व. रमेश विकलको स्मृतिमा स्थापना भएको रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीले यही भदौ २६ गते विद्यालयस्तरका बालबालिकाहका लागि “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” सञ्चालन गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ९ आरुबारी स्थित रमेश विकल साहित्य प्रतिष्ठान भवनमा हुने कार्यक्रम सोही नगरपालिकाभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइने छ ।

प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने उक्त कार्यक्रममा नगरभित्रका सबै क्षेत्र समेटिने गरेर कक्षा ६ देखि १० भित्रका १५ बिद्यालयका ३० छात्रछात्राहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

कार्यक्रम तालिका अनुसार प्रथम चरणमा कथा लेखन सम्बन्धी प्रशिक्षण तथा दोश्रो चरणमा स्थलगत कथा लेखन प्रतियोगिता र तेस्रो चरणमा पुरस्कार अर्पण कार्यक्रम रहनेछ ।

प्रतिष्ठानका महासचिव विजय चालिसेका अनुसार प्रतियोगितामा छनोट हुने उत्कृष्ट पाँच सहभागीलाई मूल्याङ्कनको आधारमा प्रोत्साहनस्वरूप प्रमाण–पत्र तथा नगद पुरस्कार अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.