राजनीति

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

मन्त्री श्रेष्ठ पनि दोषी भन्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले माग्यो मन्त्री श्रेष्ठको राजीनामा

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । भिएसएफमा बायोमेट्रिक्सका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलको अपमान गरेको भन्दै गुरूङलाई हिरासतमा राखिएपछि यसको चौतर्फी आलोचना भएको थियो ।

गृहमन्त्री खाणले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।

सोमबार नै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ ।

मन्त्री श्रेष्ठले ठमेलस्थित भिएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषदले पत्रकार सम्मेलन गरेर राजीनामा माग गरेको हो ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष कोमलबहादुर राउतले गुरुङमाथि राज्यले गरेको व्यवहार निन्दनीय कार्य भएको टिप्पणी गर्दै वर्षौं नेपाली सेनामा बिताएका सेनाहरुले बाँच्नको निम्ति आज अर्काको ढोका कुर्न बाध्य भएको उल्लेख गर्दैै त्यसमाथि पनि राज्यले नै अपमान गर्नु निकै दुःखद् भएको बताउनुभयो ।

कामको सिलसिलामा कार्यालयको नियमानुसार चल्दा सुरक्षाकर्मी अपहेलित हुनपरेको बताउँदै उहाँले मन्त्री श्रेष्ठ पनि दोषी हो भन्दै कठघरमा हालेर छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै अध्यक्ष राउतले २४ घण्टाभित्र गुरुङलाई रिहा नगरे परिषदले आन्दोलन गर्ने चेतावनी दिंदै आन्दोलनको लागि तयारी अवस्थामा रहनसमेत सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.