जन सरोकार

एकै दिन तीन बालिकाको बलात्कार गर्ने गुरुङ पक्राउ

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुरुङले गत ६ गतेका दिन तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।

सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ । एघार र नौ वर्षको एउटै परिवारको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.