जन सरोकार

२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर गुड्दागुड्दै सडकमै उत्तानो परेपछि…

आइतबार हिवान रक्सोलबाट थानकोट डिपोका लागि २० हजार लिटर डिजेल बोकेर आएको ट्याङ्कर अचानक पल्टिएर उत्तानो पर्यो । काठमाडौं चन्द्रागिरी ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक पल्टिएर डिजोल पोखिए पनि आगलागी भने भएन ।

अति प्रज्वलनशी पदार्थ बोकेको सो ट्याङ्कर डिलो नजिकै त्यसरी पल्टँदा आललागी भएको भए ठूलो दुर्घटना हुनसक्थ्यो । सो ट्याङ्कर बाटोमा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताउनुभएको छ ।

ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल (२० हजार लिटर) डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । उक्त ट्याङ्करका चालक सुरेश बिक भने सकुशल रहेका छन् ।

सो दुर्घटनामा ट्यांकरका पाँच च्याम्बरमध्ये दुई च्याम्बरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भए पनि आग लागी भएर हुनसक्ने ठुलो दुर्घटना भने टरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.